समृद्ध स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा १ करोड बढी आम्दानी
आगामी मंसिर तेस्रो सातादेखि औद्योगिक व्यापार मेला
पाेखरा | साउन १८, २०८०
पोखरा: पोखरा उद्योग वाणिज्य संघले सञ्चालन गरेको समृद्ध स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७९ मा १ करोड २०लाख ३१ हजार ५ सय ८६ रुपैयाँ आम्दानी भएको जनाएको छ ।
गएको मंसिर १६ देखि २५ गते सम्म पोखरा ९ नयाँबजार प्रर्दशनी केन्द्रमा सञ्चालन गरेको मेलामा उक्त आम्दानी भएको संघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए ।
‘समृद्ध स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार २०७९ सफलतापूर्वक सम्पन्न भएको थियो, मेलामा १ करोड २० लाख ३१ हजार ५ सय ८६रुपैयाँ आम्दानी भएको थियो’, अध्यक्ष प्रजापतिले भने, ‘मेलामा आम्दानी भएको रकम मध्ये १ करोड ५ लाख ९० हजार ९ सय ६० रुपैयाँ खर्च भएको छ ।’
मेलामा आम्दानी र खर्च कटाएर १३ लाख ४० हजार ६ सय २६ रुपैयाँ बचत भएको अध्यक्ष पजापतिले बताए ।
संघका अध्यक्ष प्रजापतिले व्यवसायीहरुलाई उद्यमशीलता बनाउने गरी मेला आयोजना गरिएको दावी गरे ।
‘मेला भनेर हामीले टाउको गन्न होइन, व्यवसायी प्रवद्र्धन गर्ने प्रमुख लक्ष्य लिएका थियौं’, उनले भने, ‘मेलामा उत्पादन क्षेत्र बढाउने, व्यवसायीक प्रवद्र्धन र उद्यमशीलताको विकास लक्षित मेला आयोजना गरेका हौं ।’
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा व्यवसायीमा भार थपिएको बताए ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पोखरा उद्योग वाणिज्य संघले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ’, उनले भने, ‘विमानस्थलमा अन्र्तराष्ट्रिय उडान नहुँदा व्यवसायीमा भार थपिएको छ ।’
मेलामा डोमतर्फ ७८, अटो मोबाइल्सका ४५ र अन्य विभिन्न खालका १ सय २० गरी २ सय ५० स्टल राखिएको थियो ।
पोखरा उद्योग वाणिज्य संघले आगामी मंसिर तेस्रो सातादेखि अर्को संस्करणको राष्ट्रिय औद्योगिक व्यापार आयोजना गर्ने जानकारी दिए ।
‘मंसिर तेस्रो सातादेखि पुस १ गतेसम्म अर्को संस्करणको औद्योगिक व्यापार मेला २०८० आयोजना गर्दै छौें’, उनले भने, ‘मेलालाई देखाउन भन्दा पनि व्यवसायीहरुलाई प्रत्यक्ष लाभ मिल्ने गरी औद्योगिक व्यापार मेला सञ्चालन गर्ने छौं ।’
आगामी संस्करणमा सञ्चालन हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा संघ सुरक्षाको विषयमा गम्भिर भएको जनाएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

